२६साउन,काठमाडौ/झापाको कमल गाउँपालिका वार्ड ३ केर्खा स्थायी घर भएका रत्न बहादुर र रत्न माया घिमिरेको कान्छा सुपुत्र विगत १० दशक लामो समय देखि कलाकार क्षेत्रमा भिझिरहेका अशोक क्षे त्रीले १८ वटा भन्दा बढी म्यूजिक भिडियो तथा नेपाली चलचित्र भोजपुरी चलचित्रमा समेत खेलीसकेका छन भने एक दर्जन भन्दा बढी निर्देशन गरि सकेका छन ।
झापाको केर्खामा जन्मिनु भएका क्षेत्री मदन आस्रित स्कुलमा अध्यरत थिए। स्कुले समय देखि नै कलाकारितामा अब्बल रहेका क्षेत्रीले लामो समय रातोभाले नामले समेत परिचित छन ।लामो समय सम्म लिम्बुवान आन्दोलनमा होमिएका क्षेत्री कलाकारिता क्षेत्रमा पनि आफ्नो कार्य गर्दै आएका थिए । कमल गाउँ पालिकाको इज्जत केर्खाली युवाको सान रहेका क्षेत्रीको अहिले जताततै चर्चा परिचर्चा हुन थालेको छ।उक्त चर्चा सङै केर्खालीहरुको सान बनेका छन ।
अब निर्माण हुन लागेको एउटा फुल नामक नेपाली फिल्मको निर्देशन समेत गर्दैछन । भने अहिले गोपि पावलको शब्दमा पावल कै स्वर रहेको उक्त गित टङ्क बुढाथोकीले संगीत गर्नु भएको छ । उक्त गितलाइ अशोक क्षेत्रीले निर्देशन गरेका छन ।
केही समय अगाडि छायांकन सम्पन्न भएको ‘ए मेरि आमा’को म्युजिक भिडियो आगामी शुक्रबारबाट टङ्क बुढाथोकी युबटुव च्यानल मार्फत सार्बजनिक गरिने भएको छ ।
इशक जबेगुको छायांकन रहेको उक्त भिडियोमा प्रिन्स राई , लछ्मी योङहाङ , रुद्र लिम्बू ,बाल कलाकार युजन राई र युनिक राईले अभिनय गरेका छन ।उक्त भिडियोलाई युथ ग्रुप नेपालले निर्माण गरेको छ ।
भिडियोमा आमाहरुलाइ सम्मान स्वरुप निर्माण गरिएको भिडियोमा २० बर्ष अगाडिको सत्य घटनालाई देखाईएको निर्देशक क्षेत्रीले बताएका छन ।
आमाको देहावसान पछि एउटा अनाथ बच्चालाई आईपर्ने हरेक दुख र समस्यालाइ जस्ताको त्यस्तै भिडियोमा उतारेको निर्देशक क्षेत्रीको दाबी रहेको छ । आमालाई माया गर्ने सबैले यो भिडियो हेर्ने पर्ने क्षेत्रीले अनुरोध समेत गरेका छन ।