२७ साउन,काठमाडौ/मोरङ उर्लाबारी बस्ने साधारण परिवारमा जन्मेकी अनिता राई अहिले म्युजिक भिडियो बाट चलचित्र छाएको छ ।
कलाकार बन्ने चाहाना बोकेर काठमाडौ छिर्ने युवायुवती धेरै छन । कति सफल त कति असफल पनि हुन्छन यसै क्रममा मोरङ उर्लाबारी बस्ने उनी सफल कलाकार हुने सपनालाइ अब अनिता राईले चलचित्रमा उतार्दैछिन ।
एक दर्जन म्युजिक भिडियो र टेलिसिरियलमा काम गर्दै आएकी अनिता राई अब चलचित्र मार्फत डेब्यु गर्दैछिन । अशोक छेत्रीको निर्देशनमा बन्न लागेको नेपाली कथानक चलचित्र एउटा फुल मार्फत उनी ठूलो पर्दामा देखिने पक्का भएको छ ।
लामो समय संघर्षबाट यहाँ सम्म आईपुगेको बताउने अनितालाइ निर्देशक अशोक छेत्रीले यो अबसर दिदैछन । अनिताले भनिन् – अशोक सरले धेरै संघर्ष गर्दै आउनु भएको उहाको कलाकारिता जीवन प्रेरणादायक छ , उहाँले मलाई सपोर्ट गर्नु भएको छ थोरै मानिसले मात्र बुझेका कलाकारिता मर्म आज अशोक सरले एउटा कलाकार बन्ने हजारौ सपनाको भीड़मा मलाई अवसर दिनु भएको छ। म खुसी छु असोक सरलाई धन्यवाद दिन चाहन्छु।
लामो समय मैले संघर्ष गरेको छु त्यसैले म यो चलचित्रमा धेरै राम्रो मेहनत गर्ने छु – अनिताले बताईन ।