२९साउन,दमक/ कोरोनाको संक्रमण समुदायसम्म फैलिएपछि स्थानीय सरकारले भोलि शुक्रवारदेखि दमकबाहिरबाट दमक प्रवेशमा रोक लगाएको छ ।
नगरपालिकामा नगर प्रमुखको अध्यक्षतामा रहेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धिको समितिको आज बसेको बैठकले सो निर्णय गरेको प्रबक्ता गीता अधिकारीले जानकारी दिनु भयो ।
बैठकले बेलुकी ४ बजे सम्ममा सबै पसल बन्द गरि सक्नुपर्ने, होटलमा ग्राहक राखेर सेवा दिन नपाउने , बाइकमा एक जना भन्दा बढी र सिटि सफारी, अटो रिक्सा, भ्यान आदिमा २ जना भन्दा बढी यात्रु बोक्न नपाइने जस्ता निर्णयहरु पनि गरेको छ ।