२९ साउन,दमक/ दमक नगरपालिकाको आज बसेको बैठकले विभिन्न बिषय उपर कडा निर्णय गरे संगै दमक बेल्डाङ्गी रोडमा रहेको काजी होटेलका संचालक तथा समाजिक ब्याक्तित्व काजी राउतले पनि भोली देखी काजी होटलका सम्पूर्ण सेवाहरु बन्द रहने जानकारी आफ्नो सामाजिक संजाल मार्फ्त गराएका छन।
कोरोनाको संक्रमण समुदायसम्म फैलिएपछि दमक नगरपालि काले भोलि साउन ३० गते शुक्रवारदेखि भदौ मासान्तसम्म होटल रेस्टुरेंटमा बसेर खान रोक लगाएको हूदा सो नियमलाई पालना गरी तपाई हामी सुरक्षित रहनका निमित्त होटेलका सम्पूर्ण सेवा बन्द गरिएको जानकारी उहाले गराउनु भएको छ ।
हामी आफू पनि बचौ अरुलाई पनि बचाउ भन्दै सुरक्षित भएर सकेसम्म घरमा बसौ अति आवश्यक काम भन्दा बाहेक बाहिर नहिडौ हिन्नु परे माक्स,गोलब्स,सेनिटाइजर,साबुन-पानी प्रयोग गर्न पनि काजी राउतले आम जनमानसलाइ अनुरोध गरेका छन।