३०साउन,दमक/ झापाको दमकमा समुदायमा कोरोना संक्रमण पुष्टि भएको छ ।
फ्रन्ट लाइनमा काम गर्नेहरुको स्वाब परीक्षण गरिएकोमा बिद्यूत प्राधिरकणका ५ जना कर्मचारी सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताईएको छ ।
१ जना दमकका विरामी धुलिखेल अस्पतालमा जाँच गर्दा कोरोना देखिएसंगै दमकमा नयाँ ७ जना कोरोना पोजेटिभ बिरामी फेला परेकाछन् । एकजना भारतबाट आएकी महिला भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।