३१साउन,दमक/ झापाको कमल गाउँपालीकामा हिँजो बिभिन्न पार्टि परित्याग गरि नेपाली कांग्रेस प्रवेस कार्यक्रममा आफनो नाम पनि समावेस भएको भन्दै तत्कालीन संघिय समाजवादी पार्टि हाल जनता समाजबादी पार्टिका गाउँ कमिटि उपाध्यक्ष जंग राईले गम्भिर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।
पार्टि प्रवेस कार्यक्रममा जनता समाजवादीका गाउँ उपाध्यक्ष राई पनि प्रवेस गरेको भन्दै कांग्रेसका स्थानिय नेताहरुले सञ्चार माध्यमलाई जानकारी गराएका थिए।समाचार आए लगत्तै नेता राईले विज्ञप्ति निकालेर आफु जनता समाजबादी पार्टिमै प्रतिबद्ध रहेको भन्दै यस्ता कुप्रचार प्रति आफनो गम्भिर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।
उहाँले यस्ता गलत प्रचारकको पछि नलाग्न पनि सम्पुर्ण पार्टि पंतीलाई आग्रह गर्नु भएको छ ।