३१ श्रावण, सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा आज एक युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
बिहीबार देखी हराइ रहेका नरसिंह–७ बस्ने २१ वर्षका गुणराज यादवकोे शव आज भोक्राहा नरसिंह–५ झोलुङ्गे पुल नजिक सुनसरी खोलामा प्लास्टिकको बोरामा बाँधेर राखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख कमल थापाले जानकारी दिनुभयो ।यादवको हत्या आशङ्कामा ३ जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बोरामा बाधेको शवलाई निकाल्दा बोरा भित्र ढुङ्गा समेत भेटिएको छ । त्यस्तै मृतकको कान काटिएको र टाउकोमा गहिरो चोट देखिएको साथै उनको हात र खुट्टा समेत डोरीले बाँधिएको अवस्थामा शव भेटिएको छ ।
अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरीको टोली पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरिक्षक बिनोद शर्माले जानकारी दिनुभयो ।