३२साउन,दमक झापाको दमकस्थित मालपोत कार्यालय र नापी कार्यलयमा लक डाउनको पहिलो दिन आंशिक कर्मचारी आए पनि सेवाग्राहीहरु कोरोना त्रासका कारण कार्यलय न आउँदा कार्यलय परिसर सुनसान बनेको छ ।
संघीय सरकार मातहतका ति कार्यलय स्थानीय सरकारले गरेको लक डाउन भएका कारण पुर्ण रूपमा भने बन्द नभएका हुन । आज नयाँ सेवाग्राही नआए पनि कार्यलयमा पेण्डिङ रहेका काम भन्दै लेखापढी ब्यवसायीहरु ती कार्यलयका कर्मचारीसग भलाकुसारी गर्दै भित्र भित्रै खातापाता पल्टाउने र ढ्डामा बिवरण उतार्न ब्यस्त देखिन्थे ।