३२ साउन,झापा/ आज झापाको कचनकबल गाउपालिकामा जसपाको युवा संगठन बिस्तार कार्यक्रम समपन्न भएको छ ।
कार्यक्रमका सहजकर्ता भने पुर्ब राजपाको झापा क्षेत्र न.०३अध्यक्ष कर्ण राजबंशीले गरेका थिए भने प्रमुख अतिथि पुर्ब समाजबादी पार्टीको प्रदेश न.०१ सदस्य शर्मिला आङ्देम्बे,विशिष्ट अतिथि पुर्ब राजपाका भ्रातृसंगठन राष्ट्रिय युवा संघका प्रदेश न.०१ अध्यक्ष रोशन लिम्बू,प्रदेश युवा उपध्यक्ष तेाया नाथ न्याउपाने,झापा जिल्ला युवा अध्यक्ष हेम राज श्रेष्ठ, जिल्ला युवा काेष्यध्यक्ष जीवन गिरि र जिल्ला,क्षेत्र नगरका स्थानीय नेताहरूको उपस्थित रहेको थियो।
कचनकबल गापका नव निर्वाचि अध्यक्ष देब राजबंशी,उपाध्यक्ष हंस राजबंशी,सचिब अर्जुन राजबंशी,सहसचिव रबिन राजबंशी कोषाध्यक्ष ममता राजबंशी सहित २१ सदस्य समिति निर्वाचित भएको रोशन लिम्बुले बताए।
कार्यक्रममा बोल्दै रोशन लिम्बुले देशको व्यवस्था फेर्न होस या संसारमा भएको ठुला-ठुला आन्दोलन,ती सबमा युवाहरूको महत्वोपुर्ण भुमिका रहेको बताए।त्यसतै उनले निर्वाचित समितिका युवाहरूलाई बधाई तथा शुभकामना पनि दिएका थिए।
त्यसतै प्रमुख अतिथिले बोल्दै युवाहरुले राजनैतिक बुझ्नु जरुरी छ र राजनितीमा आउन पनि जरुरी रहेको बताए साथै कार्यक्रमको अन्त्यमा बोल्दै देब राजबंशीले आफुहरु युवाको पक्षमा सदाबाहार उभिने साथै पार्टीको विधि बिधान भन्दा बाहिर नजाने पनि प्रतिबद्धता जनाएका थिए र त्यस कार्यक्रममा उपस्थित समपुर्ण लाइ धन्यवाद पनि ज्ञापन गर्दै उनले कार्यक्रमको समापन गरेका थिए।