अविन मेयाङ्गवो,३२साउन,दमक/ताप्लेजुङ जिल्ला फक्ताङलुङ गाउँ पालिका वडा न.०३मा पर्ने नाहाङमा यक अवस्थित रहेको याक्थुङ किरातीहरुको माङहिममा भएको तोडफोडको लिम्बू बिद्यार्थी मन्च केन्द्रिय कार्यसमिती ले घोर भत्सर्ना गर्दै बिज्ञाप्ति जारी गरेको छ।
उक्त जारी बिज्ञाप्तिमा मन्चका केन्द्रिय अध्यक्ष दिपा लक्सम र महासचिव गुलसन आङबुहाङले हस्ताक्षर गरेका छन। बिज्ञाप्ति जस्ताको त्यस्तै:-
लिम्बुवानको ताप्लेजोङ जिल्ला फक्ताङलुङ गा.पा. वडा नं. २ मा पर्ने नाहाङमा यक अवस्थित रहेको याक्थुङ किरातीहरुको माङहिममा मिति २०७७ साउन ४ गते मध्य राती अज्ञात समुहहरु आतंककारी सैलिमा भित्र घुसेर माङहिम तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सालिक तोडफोड तथा आगजनी गरेको घटना प्रति लिवि मञ्चको गम्भीर ध्यानाकर्षण भएको छ।
धार्मिक रुपमा राज्य निरपेक्ष रहेको र आम नागरिकहरु स्वतन्त्र रहेकाले धर्म प्रति हरेक मानिसको आ–आफ्नै आस्था रहने भएकोले कसैले कसैको धार्मीक आस्थाको केन्द्रलाई आक्रमण गरि विधंस पार्ने तथा राष्ट्रिय विभूति माथि नै भयानक अपमान गरिदिने जस्तो गतिविधिले धार्मिक तथा सामाजिक सहिष्णुता माथि कठोर संकट पौदा हुने भएकोले यस्तो अपराधिक क्रियाकलप जुनसुकै हुलहुज्जतले गरेको भएता पनि तत्काल पक्राउ गरि कानुनी कठघरामा उभ्याउन सम्बन्धित क्षेत्रको स्थानीय प्रशासन समक्ष अनुरोध गर्दछौं ।