जीवन के हो बुझेको नि थिइनन बिचरीले,
भर्खर त १३ बर्ष मात्र पुग्दै थिइन उनी,
खै कस्तो समाजमा जन्मिछिन बिचरी,
१३ बर्ष कै उमेरमा बलात्कारको सिकार भइन,
हो म कुरा गर्दै छु हजुर निर्मला पन्तको।
स्कुल जान्थिन अनि,
आएर मज्जाले आमालाइ काम सघाउथिन,
अनि यसो समय निकाली साथी भाइ संग खेल्थीन,
छुट्टै संसारमा रमाउथिन उनी,
तर एक्कासि कालो बादल छायो उनको जिबनमा,
१३ बर्ष कै उमेरमा बलात्कारको सिकार भइन,
हो म कुरा गर्दै छु हजुर निर्मला पन्तको।
सारा देश बासी जागे उनको लागि भनेर,
कयौं पटक संजाल नै भरी भरौ भयो,
कयौं पटक सडकमा नाटक मन्चन भयो,
तर अह प्रशासन मौन,
नेताको चाकरी मै ब्यस्त,
उसकै अगाडि अपराधी हुदा पनि,
प्रमाण छैन भन्दै मुख दर्शक बन्यो प्रशासन,
कठै कस्तो बिडम्बना न्याय नै पाएन,
१३ बर्ष कै उमेरमा बलात्कारको सिकार भइन,
हो म कुरा गर्दै छु हजुर निर्मला पन्तको।
निर्मलाको ठाउमा सायद कुनै मन्त्री,
या त कुनै ठुला बडाको छोरी भए,
यत्रो समय लाग्दैन थियो होला न्याय पाउनलाइ,
सानोलाइ ऎन ठुलालाइ चैन भनेको यहि त होला नि?
१३ बर्ष कै उमेरमा बलात्कारको सिकार भइन,
हो म कुरा गर्दै छु हजुर निर्मला पन्तको।