०१ भदौ,दमक/ दमक नगरपालिकामा आज ६ जना कोरोनाका संक्रमित थपिएका छन् । यस अघि बिद्युत प्राधिकरणका ५ जनामा संक्रमण देखिए पछि गरिएको थप परिक्षणमा ६ जनाको रिपोर्ट पोजेटिभ आएको दमक नगरपालिकाका जनस्वास्थ्य अधिकृत बद्रि बरालले जानकारी दिनुभयो ।
जसमा ४ जना दमकका छन् भने २ जना झापाकै शिवसताक्षी नगरपालीका स्थायी ठेगाना भएका छन् ।
आज थपिएका संक्रमितहरु दमकको वडा नम्बर २ का २९ बर्षका, वडा नम्बर ८ का ५५ बर्षका र वडा नम्बर ९ का ३० र ३१ बर्षका पुरुषहरु रहेका छन् । त्यसैगरी शिवसताक्षी नगरपालिका वडा नम्बर ४ का ४९ बर्षिय र ७ का ५६ बर्षिय पुरुष रहेका छन् ।
उनीहरु मध्ये दुई जना दमककै एउटा लघुबित्तमा काम गर्ने कर्मचारी रहेको बताईएको छ । त्यसैगरी तिनजना बिद्युत प्राधिकरणका कर्मचारी हुन भने एक जना भारतबाट आएर होम क्वारेन्टाईनमा रहेका व्यक्ति भएको जनाईएको छ ।