०१ भदौ,दमक/ झापाको दमकमा दूई दिन अघि कडा लकडाउन घोषणा गरिएको छ । निक्कै भिडभाड हुने गरेको दमकको शब्जि बजार पनि बन्द तथा सिल गरिएको बताईएको छ । यद्यपी सोमबार त्यहाँभित्र दूईवटा भारतीय मालवाहक ट्रक देखिएपछि धेरैले अचम्म मानेकाछन् । लकडाउन र सिल भएको अवस्थामा भारतीय मालवाहक ट्रकमा आलु र प्याज कसरी आयो ?
बजार अनुगमन समितिमा पनि यो कुरा पुगेपछि अनुगमन समितिका संयोजक भीम पौड्याल सहितको टोली शब्जि बजार आएको थियो । त्यहाँ लोड गरिरहेको अवस्थामा नै आलु र प्याजको मालवाहक ट्रक देखिएको थियो । नगरपालिकाले सिल गरेको भनिएता पनि त्यहाँ चाँबी नलगाएको पाईएपछि समितिले चाबी लगाई दिएको छ ।
लकडान अघि नै भन्सारमा आएका मालवाहक ट्रक हिजोमात्र भन्सार भएको र बाहिर रहदा झनै खतरा हुने भएकाले भित्र राखिएको तरकारी बजार ब्यवस्थापन समितिका पदाधिकारीले सल्लाह गरेर भित्र हालेको बताईन्छ । यहाँका शब्जि ब्यापारीहरुले नै विरोध जनाएका थिए ।
दमकका एक आलु ब्यापारीमा नै कोरोना संक्रमण पुष्टि भएको थियो । सबै शब्जि ब्यापारीहरुलाई होम क्वारेन्टाइनमा बस्नका लागि नगरपालिकाले अनुरोध पनि गरेको छ । अनुरोध अटेर गरेर शब्जि विक्री गर्ने निस्केकाहरुको शब्जि जफत गरेर नगरपालिका लगिएपछि भारतीय ट्रक आँउदा केहि नगर्ने आफुहरुलाई दुख दिने भन्दै तरकारी ब्यवसायी आक्रोशित भएका थिए ।