०७भदौ,दमक/लकडाउनका कारण टमाटर लगायत दैनिक उपभोग्य तरकारीको मूल्य आकाशिएको छ । दमकको शब्जि बजार सिल गरेर बन्द गरिएको छ । तरकारी ब्यवसायीले दमक नजिक कमल गाँउपालिका र दमकको पनि भित्रि क्षेत्रहरुमा शब्जिको गाडि लगेर ब्यापार गर्दै आएकाछन् ।
लकडाउन अघि टमाटरको अधिकतम मूल्य ६० देपखि ७० थियो । तीन दिन अघि टमाटरको मूल्य २ सय ५० रुपिया रहेको थियो, अहिले घटेर २ सयमा बेच्दैछौ, दमकका एक ब्यवसायीले भने । कमल गाँउपालिकाको पाडाजुंगी, मंगलवारे, दमककै बेलडाँगी बजार लगायत आसपासको क्षेत्रमा महगो मूल्यमा शब्जि ब्यापार हुँदै आएको छ ।
यसैगरी दमकका ब्यवसायीहरुले मोरंगको मधुमल्ला शब्जि पुर्याउदै आएकाछन् । आलुको मूल्य प्रतिकेजी ८० भन्दा माथि रहेको छ । सामान्यतय ३५ देखि ४० रुपिया पाईने काँक्रोको मूल्य कम्तिमा पनि १ सय पर्न थालेको छ । लकडाउनले तरकारीमा कालोबजारी र तस्करी बढेको हो ।
दमकमा घुमाएर तथा पसल खोलेर तरकारी बिक्री गर्नका लागि रोक लगाईएको छ । बजार क्षेत्रमा अनुगमन गरेर शब्जि जफत गरिएपछि र जरिवाना तिराईएपछि यहाँका ब्यवसायीहरुले विकल्पमा बजारभन्दा बाहिर तथा दमक नजिकका बजारहरुलाई रोजेकाछन् ।
लक डाउनले बिक्दैन भनेर किसानलाई भने कम मूल्य दिने र यता लकडाउनमा तरकारी अभाव छ भनेर उपभोक्ताबाट सकेसम्म बढि मूल्य असुल गर्ने गरेको पाईन्छ । यो भन्दा अघि घोषणा भएको लकडाउनमा शब्जि तथा दैनिक उपभोग्य सामाग्रि किनबेचका लागि छुट दिईएको थियो ।