भदौ ७,कमल/ झापाको कमल गाउँपालिकाको वडा नम्बर ३ समुदायमा केहि दिन अघि केर्खा ८३ वर्षका वृद्धमा कोरोना पोजेटिभ पुष्टि भएसंगै आज आएको पीसीआर परीक्षण रिपोर्टबाट फेरी थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
उनीहरुमध्ये एक जना मोवाइल व्यवसायी हुन भने एक जना स्वास्थ्यकर्मी हुन् ।त्यस्तै एक जना महिला यसअघि कोरोना संक्रमति पुरुषको परिवार भित्रकै सदस्य हुन् । संक्रमण पुष्टि भएका पुरुषहरु ४० र ५७ वर्षीय हुन भने २० वर्षीय महिला हुन ।
कमलबाट १० महिला र २० पुरुषको स्वाब पीसीआर परीक्षणको लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको थियो ।
गाउँपालिकाको प्रमुख मेनुका काफ्लेले समुदायमा कोरोना फैलिएकोले सजक रहन सबैमा अनुरोध गर्नु भएको छ । उहाँले समुदायमा कोरोना देखिएकाले सबैले सावधानी अपनाउनु पर्ने पनि बताउनु भयो ।