८ भाद्र, झापा । झापाको दमक क्याम्पस मोडमा रहेको मौन्दिप मोबाइल र पाइथागोरस ल्टी–डाइमेसनल सेन्टरले आयोजित तिज विशेष फोटो प्रतियोगितामा १०० जना बढीको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा नेपालभरीका महिला दिदीबहिनीहरुको सहभागिता रहेको थियो िउत्कृष्ट लाइक,कमेन्ट र सेयरको आधारमा गरिएको थियो । जसमा उत्कृष्टहरुमा रीतिका राई प्रथम, सुमिना मगर द्धितीय, रुबिन क्षेत्रि तृतिय, प्रगति गुरुङ चौथो र कल्पना बस्नेत पाचौँ हुन सफल हुनुभएको छ ।
उत्कृष्ट तीनलाइ मोबाइल सेट प्रदान गरिएको छ भने चौथो र पाचौँलाई रिचार्ज कार्ड प्रदान गरिएको यस कार्यक्रमका आयोजक विश्व प्रकाश तिम्सिनाले बताउनु भएको छ ।