११भदौ,दमक/ क्लब हिमालयन टाईगर दमकले आज बाट फूड बैंक संचालनमा ल्याएको छ फूड बैक मिट माट अगाडी राखिएको छ।
फूड बैकको उद्देश्य हुनेले दिएर जाउ नहुनेले लिएर जाउ। कोरोना माहमारीले बारम्बर गरीब दुःखी मजदूर बिगत ६ महीना देखी काम गरेर खाने उपाय समेत नभएको अवस्था र दमकमा कोरोना फैलिए सँगै २ साता देखी लकडाउन भएको कारण गरीब दुःखी मजदूरले काम गर्न समेत नपाएको अवस्थाले चुलोमा आग़ो समेत बलन छोडको अवस्थालाई मध्य नजर गर्दै
क्लब हिमालय टाइगर दमकले फूड बैंक स्थापना गरेर थोरै भए पनि गरीब दुःखीहरुलाई राहत पुराएको क्लबका अध्यक्ष रेवत चन्द्र भण्डारीले जानकारी दिनु भएको छ।
अहिलेको कोरोना महामारीको अवस्थामा सामाजिक दुरि कायम गर्दै दाल चामल तेल साबुन स्वाबिन माक्स महिलाहरुलाई प्याड समेत वितरण गरेको क्लबका उपाध्यक्ष जे बिमलीले जानकारी दिनुभएको छ।
फूड बैंक केहि दिन सम्म रहने भएको हुदा एक घर बाट एक जनाले मात्र लान क्लबका अध्यक्ष रेवत चन्द्र भण्डारीले आग्रह गर्नु भएको थियो।
फूड बैंक सञ्चालन गर्न क्लबका मनकारी सदसयहरुको आर्थिक सहयोगमा संचालन भएको क्लबका सचिब कुमार बाबू गजुरेलले जानकारी दिनु भएको छ सो फूड बैंक कार्यक्रमा क्लबका अध्यक्ष रेवत चन्द्र भण्डारी,उपाध्यक्ष जे बिमालि सचिब कुमार बाबू गजुरेल,सदस्य ,सूजन आचार्य ,जोहन बुढाथोकि, मोहन गौतम,चन्द्र गौतम लगयात बाक्लो उपस्थिमा कार्यक्रम संचालन रहेको थियो।