१४ भदौ,दमक/दमक नगरपालिकाले विहान ७ बजेदेखि १२ बजेसम्म दमक खुला भनेपनि जिल्ला प्रशासन कार्यालय झापाले दमकमा पुर्ण रुपमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयको सूचना अनुसार अत्यआवश्यक बाहेका सबै सेवा बन्द रहनु पर्नेछ । साहयक प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा आदेश जारी गरेकाहुन् । जुन सोमबार राती १२ बजेदेखि लागु हुनेछ ।
एकदिन अघि दमक नगरपालिकाले तोकिएको समयभन्दा बाहिरको समयमा निषेधाज्ञा लगाउनका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको थियो । सोहि अनुसारको परिपत्र तथा सूचनाहरु भएका थिए । जिल्ला प्रशासनको नयाँ सूचनाले अन्योल भएको छ, दमकका ब्यवसायीहरुको भनाई छ ।
जिल्ला प्रशासन कार्यालयद्धारा जारी भएको निषेधाज्ञा आदेश अनुसार भोली विहानबाट नै सबै बन्द रहनु पर्ने हुन्छ । नगरपालिकाले जारी गरेको सूचना अनुसार विहान ७ बजेदेखि बजार खुला हुनुपर्नेछ । अब नगरपालिकाको निर्णय मान्ने की जिल्ला प्रशासन कार्यालय झापाको आदेश मान्ने भन्नेमा ब्यवसायीहरु अन्योलमा रहेकाछन्।