१८भदौ,बाग्लुङ/बाग्लुङमा गएराति भुजी खोलामा गएको बाढी तथा पहिरोका कारण घरहरू बगाउँदा बेपत्ता भएका आठ जनाको शव फेला परेको छ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीका अनुसार बाढीले ढोरपाटन नगरपालिकाको वडा नम्बर ५ देखि ९ सम्ममा क्षति पुर्याएको छ। त्यहाँबाट अहिलेसम्म आठ जनाको शव फेला परेको छ। मृत्यु हुनेमा ६ पुरूष र दुई जना महिला छन्।
पानीको बहाव बढेपछि बाढी खोला छेउमा पस्यो र बस्ती बगायो,ु इन्स्पेक्टर भण्डारीले भने,ुअहिले आठ जनाको शव फेला परेको छ तर सनाखत हुन सकेको छैन।
त्यस्तै बेपत्ता हुनेको संख्या ३६ पुगेको छ। बेपत्ता हुनेहरूमा पनि तीन जनाको पहिचान नभएको इन्स्पेक्टर भण्डारीले बताए।
उनका अनुसार कतिपय शवका टाउको नभएकाले सनाखत गर्न कठिन भइरहेको छ।