१९भदौ,दमक/झापाको दमक नगरपालिकाका थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज आएको रिपार्टमा ती ५ जनामा कोरोना संक्रमण पुष्टि भएको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिब कुबेरप्रसाद भट्टराईले रेडियो झापालाई जानकारी दिनुभयो । दमकबाट पठाइएका एक सय ४८ जनाको स्वाबको पीसीआर परिक्षणमा अहिले सम्म एक सय ४४ जनाको रिपोर्ट आइसकेको छ ।
अन्य ४ जनाको रिपोर्ट आउन बाँकी रहेको सदस्यसचिव भट्टराईले जानकारी दिनुभयो । आज संक्रमण पुष्टि हुनेहरुमा ३ महिला र २ पुरुष छन् । जसमा वडा नम्बर ६ र ७ का दुई दुई जना र वडा नम्बर ८ को एक जना छन् । संक्रमित हुने वडा नम्बर ६ का २९ र ४५ वर्षीया महिला, वडा नम्बर ७ का २१ र ५२ वर्षीय पुरुष तथा वडा नम्बर ८ की ६२ वर्षीया महिला हुन् । सबै समुदायका हुन् ।
उहाँका अनुसार हाल सम्म दमकका १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ५६ पुरुष र १३ महिला गरी ६९ जनाले कोरोना जितिसकेको पनि भट्टराईले रेडियो झापालाई जानकारी दिनुभयो ।