२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. आइतबार, भाद्र २१, २०७७    १३:४६:५२

२१भदौ,बिर्तामोड/ संस्थाको विर्तामोडमा भएको वार्षिक साधारणसभाले दासको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा प्रमिला बजगाई, सचिवमा टीकाराम धमला (रञ्जन), सहसचिवमा रोहीत ओझो कोषाध्यक्षमा रविन पाठक रहेका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा संगिता बस्नेत, गरिमा अधिकारी, निरज श्रेष्ठ, निर्मल निरौला, यज्ञराज कडरिया, संजोग खरेल रहेका छन् ।

संस्थाका संस्थापक अध्यक्ष सञ्जय बस्नेतको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला सभापति लोकराज ढकालको प्रमुख आतिथ्य र मानव अधिकार सञ्जाल झापाका अध्यक्ष विष्णुप्रसाद खरेलको विशेष आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष सञ्जय बस्नेतले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष रविन पाठकले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थापक सचिव द्वारिका निरौलाले संस्थाको अवधारणा प्रस्तुत गरेका थिए । उनले २०७६ सालमा जिल्ला प्रशासन कार्यालय झापामा गैर सरकारी संस्थाको रुपमा दर्ता भएको शुरुवाती कोठा नेपालले कृषि, पर्यटन, उद्यमशिलता, शिक्षा, मानवीय उद्धारको क्षेत्रमा विभिन्न कार्य गरिरहेको जानकारी दिए ।

संस्थाकी सदस्य प्रमिला बजगाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन संगिता बस्नेतले गरेकी थिइन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com