२१ भदौ,दमक/झापा दमक नगरपालिका स्थित वडा ५ प्रगति टोल बिकासका सचिब,सामाजिक ब्याक्तित्व साथै संचारकर्मी अबिन मेयाङ्बोको घरमा विगत दुइ बर्ष देखि उनका आमा पदम कुमारी बेघा मिर्गौला, सुगर, थाइरोड,प्रेसर जस्तो रोगले थलिएर बसेका छन।
उनका श्रीमान बुद्धराज मेयाङ्बोले विभिन्न मिडियाहरुलाई उक्त विषयको बारे जानकारी गराउदै सहयोगको लागि अपिल गरेका छन।
बिरामी भनिएका पदम कुमारी बेघा अहिले ५९ वर्ष पुगेका छन। परिवारको आर्थिक स्थिति पनि कमजोर भएको र अब उपचार खर्च धान्न नसक्ने स्थिति उत्पन्न भएकोले सहयोगको अपिल गरेका छौ बिरामीका श्रीमानले बताए।
बिराटनगर स्थिति नोबेल हस्पिटलमा उपचार गर्दा भएको पैसा पनि सकिएको र ऋण पनि लागेको साथै डकटरले पनि उनको उपचार अब डाइलेसिसको माध्यमबाट या त मिर्गौला प्रत्यारोपण गर्नुपर्ने र त्यसको लागि १५ दिनको मात्र समय दिएको र सो परिवार पैसा जुटाउन नसकिने भए पछि गाऊँकालाइ, आफन्त लाई, सामाजिक संघ-संस्था र सामजिक ब्याक्तित्वलाइ आर्थिक सहयोगका लागि अपिल गरेको उनका छोरा अबिनले बताए ।
सम्पर्क :
९८१५०१७४६०/९८१५०००५६१/९८४००४३७५३