२४भदौ,दमक/ आज विहानका रातीदेखिको अविरल वर्षाका कारण झापाको दमक नगरपालिकाको वडा नम्बर ६ बेलडाँगी रोड क्षेत्रका घर डुवानमा परेका छन् । बेलडाँगी रोड स्थित नेकपा नेता होम बहादुर थापाको घर छेउका अन्य घरभित्र घुँडाघुँडा पानी भएपछि स्थानीय आक्रोशित भएका छन् । उनीहरुले नगरपालिकाका प्रमुखले आफुहरुको कुरा नसुनेको गुनासो गरेका छन् ।
यस विषयमा नगर प्रमुख रोमनाथ ओलीलाई जानकारी गराएपनि सुनुवाइ नभएको भन्दै रेनुका कार्कीले गुनासो गर्नुभयो । उहाँले भन्नु भयो, हाम्रो घर डुबानमा परेको छ, ओलीले सुनेनन् घरभित्र पानी छ । निकास छैन् ।
त्यस्तै निकीता खाजा घर भित्र पुरै पानी छ । घरभित्रै पानी भएपछि अहिले यस क्षेत्रका बासिन्दालाई खाना पकाएर खान समेत समस्या भएको छ भने घर भित्र बस्न पनि समस्या भएको छ । अर्का एक जनाले नाम नखुलाउने शर्तमा भने, नेताहरु वरीपरी भएपनि, आँखा अगाडी यो सब दृश्य बर्षौदेखि हेर्दै आएको भएपनि वेवास्ता गरिएको भन्दै नेताले जनताको समस्या बुझ्ने भन्दापनि कसरी पैसा कुम्ल्याउने भन्ने रहेछ भन्दै गुनासो गरे । घर भित्रै पानी पसेपछि केही केटाकेटीहरु कागजको नाउ बनाएर खेलिरहेका छन् ।
यस क्षेत्र हरेक वर्षको वर्षाको समयमा डुबानमा पर्दै आएको छ । तरपनि जनप्रतिनिधिहरुको नजर नपर्नु दुःखत कुरा हो । जनताको समस्या हल गर्ने भन्दै चुनावमा वाचा गरेका जनप्रतीनिधीले वाचा कहिले पुरा गर्लान र यो क्षेत्रका स्थानीयले डुबानबाट मुक्त हुने दिन कहिले आउँला रु यसतर्फ जनप्रतिनिधिहरुको ध्यान जावस ।