२४भदौ,दमक/वि पि कोइराला को १०७ औ जन्मजयन्ती को अवसर मा लामो समयदेखि मिर्गौला पिडित दमक नगरपालिका वडा न ५ बस्ने पदम कुमारी बेघालाई निजको घरै पुगि नगद रकम हस्तान्तरण गरिएको छ।
केही समय यता उनको परिवारले विभिन्न सामाजिक माध्यहरुमा सहयोगको लागि अपिल गरेको र अहिले लडाउन,निषेधाज्ञाका कारण पनि औषधि जन्य सामग्री खरिद गर्न देखापरेको समस्या समाधान गर्न सहज होस भन्ने हेतुले पहिलो पटक बिरामी स्वयंलाइ रकम हस्तान्तरण गरिएको हो।
सघिय सांसद माननिय महेन्द्र कुमारी लिम्बुको हस्त बहुलीबाट बिरामीलाई रकम हस्तान्तरण गरिएको थियो ।यस पवित्र मानबिय कार्यमा सहयोग गर्नु हुने माननिय महेन्द्र कुमारी लिम्बु,नेपाली कांग्रेस प्रदेश ख का सभापति पदम लिम्बु, नेपाली कांग्रेस कमल गाउँपालिकाका सहसभापति राज कुमार न्यौपाने, दमक नगर समिति का सदस्य पर्शुराम रिजाल,प्रेम भट्टराई,नेपाली कांग्रेस वडा न५ का सभापति राजु राहुत,क्षेत्रिय प्रतिनिधि जितु धिमाल,अभियान का संयोजक बिश्व प्रकास तिम्सिना र दमक पब्लिक लाइब्रेरीका युथ टिम अध्यक्ष आशिष न्यौपाने लगायतको उपस्थित रहेको थियो।