२५ भदौ,दमक/अाज दमक नगरपालिकाका उपमेयरलाई निजी विद्यालयका शिक्षकले बुझाए ज्ञापनपत्र ।
अहिले विश्व काेराेनाले अाक्रान्त भएको बेला नेपाल पनि त्यसबाट अछुतो छैन । नेपालमा काेराेनाले सबै क्षेत्रमा असर पुर्याएकाे भए पनि पर्यटन र शैक्षिक क्षेत्रमा असाध्यै असर पुर्याएकाे छ । विभिन्न दैनिक श्रम र ज्यालादारी गरेर परिवार पाल्नेलाई एकातिर उठ्न नसक्ने गरी थला पारेको छ अर्कातिर निजी क्षेत्रका जागिरेहरुकाे पनि उस्तै अवस्था छ ।
विभिन्न निजी क्षेत्र हाेटल सञ्चालक, पर्यटन व्यवसाय अादिले अहिले अाफू पनि समस्यामा हुँदै गर्दा अाफ्ना कर्मचारीहरुलाई अाधारभूत तलब खुवाएर सम्मान जनक व्यवहार गरि रहेता पनि शिक्षा जस्तो पवित्र क्षेत्रका व्यवसायीले अाफ्ना शिक्षक कर्मचारी लाई वेवास्ता गर्दैअाएकाे कुरा निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी संगठन प्याब्स्यु जिल्ला कमिटी झापाका सचिव विश्व प्रकाश तिम्सिनाले बताए ।
निजी विद्यालयका शिक्षक कर्मचारीले पाँच महिनादेखि तलब नपाएको र पटकपटक माग गर्दा समेत बेवास्ता गरेकाे हुनाले प्याब्सु जिल्ला कमिटी झापाले न्याय स्थापित गरिपाउँ भनी दमक नगरपालिकाका उपमेयर समक्ष ज्ञापनपत्र बुझाएकाे हाे भन्ने उहाँको भनाइ थियो । हामीले धेरै धैर्य गर्याैँ तर ढुङ्गा माटाे खाएर नबाँचिने रहेछ कि काेराेनाले कि त भाेकले मर्ने निश्चित जस्तै भएको हुनाले हामीले प्राण बचाइ दिन न्यायिक समिति प्रमुख तथा नगरपालिका उपमेयर समक्ष अनुरोध गरिएकाे हाे भन्ने उहाँको तर्क थियो ।