उर्जा, जलस्राेत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाई नियुक्त गर्नुभएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चार वर्षे कार्यकाल पूरा गरी बिदा भएपछि मन्त्री पुनले वरिष्ठ उपकार्य कारी निर्देशक रहेका कोइरालालाई निमित्त कार्यकारी प्रमुखमा नियुक्त गर्नुभएको हो । उहाँलाई वरिष्ठताका आधारमा नियुक्त गरिएको हो ।
यसअघि कुलमान घिसिङले आफ्नो अनुपस्थितिमा लेखनाथ कोइरालालाई नै निमित्त प्रमुखको जिम्मेवारी दिने गर्नुभएको थियो ।