२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. शनिबार, आश्विन ०३, २०७७    २२:२६:०४

अबिन मेयाङ्बो, ०३असोज,झापा- असोज/३/२०७२ मा नेपालको संविधान जारी भएको थियो आज त्यसको पुर्ण पाच बर्ष पूरा भएको छ।विभिन्न समयमा संबिधान दिवस अर्थात असोज ३ लाई विभिन्न राजनैतिक दलहरूले कालो दिनको रूपमा एकरुपता साथ मनाउदै आएका छन।त्यही क्रम यश बर्ष पनि रहेको छ तर भिन्न रुपले झापामा संघिय लोकतान्त्रिक राष्ट्रिय मन्चले शिबसताक्षीमा बिरोध सभा आयोजना गरी कार्यक्रम सम्पन्न गर्यो भने यता जनता समाजबादी पार्टी झापाले बिरोध कार्यक्रम अर्थात पुर्ब राजपा र समाजबादीले भने कोठे भेला गरि कालो दिवस मनाएको छ।

५ बर्षमा यि दुई पार्टीले दोश्रो पटक यसरी फरक -फरक रूपमा बिरोध कार्यक्रम सम्पन्न गरेको हो भने आज भन्दा ठिक एक बर्ष पहिले पुर्ब समाजबादी सत्तामा रहेको कारण बिरोध गर्न सकेन तर यता पुर्ब राजपाले जोडतोडका साथ विभिन्न क्षेत्रमा बिरोध सभा आयोजना गरेको थियो।

आज संबिधान दिवस अर्थात स.लो.रा.मको ब्लयाक डे झापा स्थित शिबसताक्षीमा बिरोध सभा गरि सम्पन्न भएको थियो। उक्त कार्यक्रममा केन्द्रिय उपाध्यक्ष ज्ञानु इम्बुहाङ,केन्द्रिय उप- महासचिब भानु भट्टराई, जिल्ला तहका नेताहरु अध्यक्ष धनराज पङ्धाक लगायत उपस्थित थिए भने कार्यक्रम संचालन राजा आङथुपोले गरेका थिए।उक्त कार्यक्रममा ३०० जनाको उपस्थिती रहेको प्रताप निङ्लेखुले बताए।

त्यस्तै जनता समाजवादी पार्टी नेपालले झापाको बिर्तामोड स्थित होटेल तिन्जुरेमा बिरोध कार्यक्रम सम्पन्न गरेको थियो।

त्यस कार्यक्रममा पुर्ब राजपा र पुर्ब समाजबादीका केन्द्रीय नेता,जिल्ला तहका नेता र भ्रातृसंगठनका नेताहरु उपस्थित रहेका थिए।

राष्ट्रिय जनमुक्ति पार्टीले भने बिगत २७ बर्ष देखी यता पुर्न लेखनको माग उठाउदै आन्दोलनरत छ।यो बर्ष पनि उनीहरुको माग पुर्न:लेखन नै हुनुपर्ने रहयो।

उता प्रदेश न.०२मा भने हिजो आफ्नो अधिकारको लागि लड्ने ती मधेसी समुदायको युवाहरु आज किन एकसाएक संबिधानलाई स्वागत गर्दै छन?किन उनीहरु यसो भनी रहेक  छन:-संविधानको विभिन्न धारा टेकेर प्रदेशको सत्तामा पुगेको जसपा नेपालले जनतालाई भ्रममा राख्दै ठग्ने गरेकाले हामीले सो कार्यको विरोध गरेका हौँ ।’ भ्रष्ट, नौटंकी र लासको राजनीति विरुद्ध आफूहरूले संविधान दिवस मनाएको साथै मधेश र मधेशीको नाममा सत्ताको राजनीति गर्नेहरू छताछुल्ल भइसकेका छन् । ३ सय ६४ दिन संविधान मन पराउने, तर एकदिन मात्रै मन नपराउने, जनताले द्वैध चरित्र बुझि सके भनेर किन बिरोध गर्दैछन?प्रदेश न.०२मा जसपाको कार्यक्रम किन असफल हुदैछ?

जसपाले आफ्नो धरातल बिर्सेर यसरी कोठे बहस गरेको कतिको उचित हो ?फेरि पनि संबिधानको  चाही बिरोध गर्ने अनि त्यही संबिधानलाई टेकेर फेरि चुनाब जितेर स.लो.र.मको प्रदेश न.०१ मा एक सांसद र जसपाको त प्रतिनिधि,प्रदेश अझ प्रदेश न.०२मा सरकार नै हुनु, के नैतिकताले देला त? यो सब प्रश्न आम स्रोता,पाठक बृन्दलाइ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com