०९असोज,काठमाडौं ।स्थानीय प्रशासनले कोरोना संक्रमण जोखिम नियन्त्रण गर्न बारबर्दिया नगरपालिकामा पाँच दिन निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले असोज १० गते बिहानदेखि १४ गते मध्यरातिसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।
गत बुधबार ३ नम्बरका वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । पछिल्लो पटक लक्षण सहितका संक्रमित थपिन थालेपछि संक्रमण नियन्त्रण गर्न नगरपालिका मा निषेधाज्ञा जारी गरिएको प्रजिअ अधिकारीले बताए ।
निषेधाज्ञा अवधिभर आवश्यक कामबाहेक हिँडडुलमा समेत रोक लगाइएको छ । वित्तीय संस्था, बजार, उद्योग, कारखानालगायत बन्द हुनेछन् । दमकल, एम्बुलेन्स, विद्युत्, खानेपानी, एटीएमलगायत अत्यावश्यक सरकारी कार्यालय, औषधि, खाद्यान्न पसल सञ्चालनमा आउने प्रजिअ अधिकारीले बताए । सुरक्षा निकायका, एम्बुलेन्सलगायत सवारी साधनबाहेक अन्य सञ्चालन मा रोक लगाइएको छ ।