१० असोज,दमक/ झापा दमकको किराँत भवनमा किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिले आज सांस्कृतिक पुर्न:जागरण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा आफ्नो कार्य पत्र प्रस्तुत गर्ने क्रममा दिलेन्द्र कुरुम्बाङले अहिले सम्म हामीले के गर्यौ र के गर्न जरुरी छ?भन्ने बिषयमा प्रष्टाएका थिए भने भाषा,संस्कार, संस्कृती, धर्म जोगाइ राख्नलाइ यस्तो कार्यक्रम गरिराख्न जरुरी रहेको प्रमुख अतिथि श्री प्रसाद जवेगुले बताउनु भयो।त्यस्तै अन्त्यमा लिम्बुवान प्रदेशका अध्यक्ष धुर्ब मेन्याङ्बोले उपस्तिथ सबै जनालाइ धन्यवाद प्रकट गर्नु भएको थियो।
कार्यकार्यक्रम पुर्ब मन्त्री तथा संबिधान सभा सदस्य श्री प्रसाद जवेगुको प्रमुख अतिथ्य र लिम्बुवान प्रदेश समितिको अध्यक्ष धुर्ब मेन्याङ्गबोको सभापतित्वमा साथै विभिन्न राजनैतिक दल, संघ-संस्था हरु,प्रदेश सांसद र स्थानीय जन प्रतिनिधिहरुको उपस्तिथिमा सम्पन्न भएको छ। उक्त कार्यक्रम लिम्बुवान प्रदेश सचिब मधु केरुङले संचालन गरेका थिए ।
उपस्थित लिम्बु समुदायका सम्पुर्ण ब्यक्तिहरुलाई अतिथिहरु संग अन्तर संवाद गर्ने समय पनि दिएको थियो।त्यसै क्रममा लिबि मन्चको ब. उपाध्यक्ष नितेश सिंघाकले आफ्नो कुरा राख्ने क्रममा भनेका थिए: अभियान समितिको लक्ष्यमा ल्याइएको याक्थुङ स्वायत्त क्षेत्रले लिम्बुवान आन्दोलनलाई कम्जोर पार्ने मत अघि सारेका थिए भने संगठनिक संरचनालाई जिल्लागत भन्दा पनि अभियानको मुल समिति लाई समन्वयकारी भुमिकामा राखेर थर गत र थुमहरुलाई बिशेष रुपमा परिचानल गर्ने गरि अगाडि बढ्नुपर्ने मत राखेका थिए ।
कार्यक्रममा १०० जना भन्दा बढिको संख्यामा लिम्बुहरुको उपस्थित रहेको थियो।