११असोज,दमक/पाईथागोरस मल्टी डाईमेन्सनल सेन्टर दमक–८ को आयोजनामा सुखी नेपाली समृद्ध नेपाल अभियानमा युवाहरुको भुमिका बिषयमा वक्तृत्वकला प्रतियोगीता अन्लाईनको जुमबाट सम्पन्न भएको हो ।
आज अन्तिम चरणमा ४५ जना मध्ये उत्कृष्ट १२ जनाको प्रस्तुती रहेको थियो । जस मध्ये पहिलो समिर अहमद, दोश्रो दिपशिखा कोईराला र तेश्रो दिक्षा कार्की भए भने सान्त्वना पुरस्कार पूर्णीमा तिम्सिनाले पाईन् । कार्यक्रममा संयोजक प्रविण पाठक तथा सभापति विश्वप्रकाश तिम्सिना रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी आन्तरीक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्की रहनु भएको थियो भने विशिष्ट अतिथी संविधान सभा सदस्य दिपक कार्की, सशस्त्र पुलिस बलका डिआईजी चन्द्रप्रकाश गौतम, अतिथी नेकपाका युवा नेता विरेन्द्र बस्नेत र नेपाल जेसीजका पूर्व अध्यक्ष प्रकाश अधिकारी लगायत रहेका थिए ।
कार्यक्रमको प्रायोजन रोहिनी ईन्टरनेशनल,पूर्वाञ्चल आवाशिय मा. वि. र मौनदिप मोबाइलले गरेका थिए। कार्यक्रममा संयोजक पाठकले शुभकामना राखेको थिए।कार्यक्रम सञ्चालन पेरिसा कडरियाले गरेकी थिईन ।