असोज ११, झापा/झापाको कमल गाउँपालिकामा संघीय लिम्बुवान मञ्च ,नेपाल अन्तगर्त लिम्बुवान भोलेन्टियर्स कमल इंचार्ज केन्द्रिय उपकमाण्डर बसन्त राज योङहाङ को अध्यक्षतामा संगठनका बिषयमा प्रशिक्षण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि लिम्बुवान भोलेन्टियर्सका केन्द्रिय प्रवक्ता राजु राईले कार्यक्रममा वर्तमान अवस्था र देशको राजनैतिक अवस्थाबारे भने जब सम्म पहिचानवादीहरु एक हुदैनौ तब सम्म कुनै बिजय सम्भब छैन। सम्पूर्ण पहिचानबादीहरु एक हुनु जरूरी छ। हामीले संगठन विस्तारमा तीब्र गतिले जानु पर्दछ।अबको वैल्कपिक शक्ति नै मञ्च हुनेछ,जब सम्म नेपालको राष्ट्रिय अखण्डता कायम राख्दै लिम्बुवान सहितको १०+१ प्रान्त कायम हुदैन र जबसम्म एक थोपा रगत रहन्छ तब सम्म लिम्बुवान भोलेन्टियर्स लड़ने प्रवक्ता ले बताए ।
त्यस्तै गरी कार्यक्रममा विशिष्ट अतिथि संघीय लिम्बुवान मञ्च, नेपालका केन्द्रिय सदस्य सुर्य प्रसाद याक्पादेनले पार्टीको धारणा सगै संगठन विस्तार बारे प्रष्ट पारेका थिए ।
लिम्बुवान भोलेन्टियर्सको यस भेला कार्यक्रममा कमाण्डरहरुको नियुक्ति पनि गरिएको थियो। सीनियर सिभिल कमाण्डरमा राज माबो,रान्जु लिम्बू र सिभिल कमाण्डरमा सन्दीप लिम्बू ,बिपेन राई चयन गरिएको छ ।नियुक्ति भएका सबैलाइ प्रमुख अतिथिको हात बाटै लिम्बुवान भोलेन्टियर्स परिचय कार्ड वितरण गरीएको थियो ।
कमलमा लिम्बुवान भोलेन्टियर्स संगठन निर्माणका गतिबिधिहरुमा विस्तार क्रम अहिले सक्रियताका साथ बढेको छ। कमल गाँउपालिका एल.भि भेला कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य प्रकाश नेम्बाङ , केन्द्रिय उप-कमाण्डर हाईजन लिम्बू, पूर्व तोपगाछी कमाण्डर नवराज राई, लगायत एल.बिहरु र ७० जना भन्दा बढी पार्टी नेताहरु उपस्थित थिए ।
कार्यक्रममा एल.भिहरुको उत्साह जनक सहभागिता रहेको र अन्तमा सधै झै सक्रिय भएर संगठन अघि लैजान भन्दै कार्यक्रम समापन बसन्त राज योङहाङले गरेका थिए।
त्यस्तै कार्यक्रम संचालन मञ्चका कमल गाउँपालिका सचिब बिजेन्द्र मेन्याङ्गबोले गरेका थिए ।