१७असोज,अर्जुनधारा/राष्ट्रिय जनमुक्ति पार्टी अर्जुनधारा नगर समितिको अध्यक्षमा युवा राज खम्बू चयन भएका छन् ।
शनिबार शनिश्चरे बजारमा सम्पन्न पार्टीको तेस्रो नगर अधिवेशनबाट खम्बूलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।सोही अधिवेशनले उपाध्यक्षमा तेजबहादुर योङहाङ लाई पुनः चयन गरेको छ भने महिला उपाध्यक्षमा सोतीमाया कुरुम्बाङ, सचिवमा तिलबहादुर चेम्जोङ, उपसचिवमा सोमबहादुर राई र कोषाध्यक्षमा फूलमाया तामाङलाई चयन गरेको छ ।त्यस्तै, सदस्यमा चन्द्रबहादुर रानामगर, मनबहादुर एक्तेन, लालबहादुर अस्लामी, खड्गबहादुर लावती, भगिन्द्र नेम्बाङ, सीता लिम्बू र सुकवीर लिम्बूलाई सर्वसम्मत चयन गरेको हो।
यस अघिका नगर अध्यक्ष दिलिप राईले कार्य व्यस्तताका कारण पार्टीको जिल्ला समितिमा राजिनामा पेस गरी स्वीकृत हुँदा सिंगो नगर समितिको अधिवेशन गर्नु परेको हो ।