२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. सोमबार, आश्विन १९, २०७७    २१:४१:४७

१९असोज,दमक/ आज दमक पत्रकार मन्चको कार्यलयमा पुर्ब समाजबादी र पुर्ब राजपा हाल जसपाको युवा संगठन झापाले पत्रकार सम्मेलन सम्पन्न गरेको छ।

पत्रकार सम्मेलनमा बोल्दै हाल जसपा साथै पुर्ब राजपाका प्रदेश युवा अध्यक्ष रोशन लिम्बूले आउदो असोज २२ गते बिहीबारको दिन शान्तिपुर्ण वृहत बाइक र्‍याली साथै एकताको सन्देश दिने उदेश्यले सो कार्यक्रम तय गरेको बताए।

पत्रकार सम्मेलन भने पार्टि प्रदेश सदस्य तथा समाजबादि युवा संघ प्रदेश नं १ मुख्य सचिब पवन देब बिष्टले संचालन गरेका थिए ।

सो कार्यक्रममा २०० मोटरसाइकल रहने र सरकारले तोकेको स्वास्थ सुरक्षा मापदण्ड पूरा गरि मात्र कार्यक्रम अगि बढाउने पवन देब बिष्टले बताए।

पुर्ब समाजबादी युवा जिल्ला संयोजक महेन्द्र कटुवाल र पुर्ब राजपा युवा जिल्ला अध्यक्ष  हेमराज श्रेष्ठले हस्ताक्षर गरेको प्रेस बिज्ञाप्ती जस्ताको त्यस्तै:-

आदरणीय पत्रकार मित्रहरू,

नेपाली जनताले देशमा राजनैतिक स्थिरता र सुसाशनको लागि नेकपालाई २ तिहाइ मत दिई सरकार संचालन गर्न पठाएको ३ बर्ष पुग्न लागि सक्यो तर अहिलेको सरकारले जनताको अभिमत लाइ बेवास्ता गर्दै भ्रष्टचार, कालो बजारी, अपहरण, हत्या, हिंसा, बलात्कार जस्ता जघन्य गतिविधिहरु नियन्त्रण गर्न असक्षम रहेको सबैलाई सर्व विधितै छ,जनताको प्रत्यक्ष सरोकार को बिषयहरु स्वास्थ्य, शिक्षा, रोजगारी बारे आज सम्म यश सरकारले कुनै ठोस योजना ल्याउन सकेको छैन। राज्यमा हरेक दिन बेरोजगारी,।हत्या,हिंसा, बलात्कार,कालाबजारी,भ्रष्टाचार बढ्दै गइरहेको छ भने अर्को तिर सरकार राज्यका हरेक निकायहरुमा दलियकरण/दलिय भागबन्डा गर्न ब्यस्त छ।देशमा कोरोना संक्रमणका कारण  जनताले भोग्नु परिरहेको मानसिक, आर्थिक, क्षतिलाक न्यूनीकरण गर्न पुर्ण रूपमा असफल भैसकेको स्पष्ट छ।सरकारको चरम लापरबाहीको कारणले युवाहरु दिनानुदिन आफ्नो भविष्य र जीवन रक्षाको लागि सडकमा आउन्ज बाध्य परिरहेको सबैलाई सर्वविदितै छ।देशमा मलको हाहाकार छ,ज्याला मजदुरहरु खान नपाएर मृत्युवरण गरिरहेको खबर हरेक दिन समाचारको हेडलाईन बन्दै गइरहेको अवस्था छ।तसर्थ देशमा हत्या, हिंसा,बलात्का,कालोबजारी,भ्रष्टाचारको अन्त्य गर्न,रेशम चौधरीलाई रिहा गर्न, डा.गोविन्द केसिको जायज मागहरुलाइ तुरुन्त सम्बोधन गर्दै अनशन तोड्न लगाउन र किसान,मजदुर,साना व्यवसायीहरुको आर्थिक,सामाजिक सुरक्षा र युवाहरूको रोजगारीको सुनिस्चितता गर्न तुरुन्त विशेष कार्यक्रम तथा योजनाहरु ल्याउन माग सहित पार्टी एकताको सन्देश प्रबाह गर्न मिति २०७७ साल असोज २२ गते बिहिबारका दिन दमक देखि काकडभिट्टा सम्मको शान्तिपुर्ण वृहत मोटरसाइकल र्‍याली आयोजना गरिएको जानकारी गराउदछौ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com