२०असोज,काठमाडौ/ पाँचथरको कुम्मायक गाउँपालिका ३ साविक हाङमापाङभे रानीगाउँका टेकमाया तामाङ, वीरबहादुर तामाङ, राईप्रसाद लिम्बू र सुवास खजुमलाई पक्राउ गरिए को प्रती मंगलबार एक प्रेस बिज्ञाप्ती जारी गर्दै किरात याक्थुङ चुम्लुङले बिरोध साथै रिहा गर्न माग गरेको छ ।
उनीहरुलाई गोरु काटेको अभियोगमा सोमबार प्रहरीले पक्राउ गरेको थियो ।
मुलुक संघीयता, समावेशिता, धर्म निरपेक्षता, गणतन्त्रमा प्रवेश भईसक्दा पनि पंचायती निरंकुश शासन व्यवस्थामा हिन्दुत्वलाई संरक्षण र सम्बर्द्धन गर्न बनेको मुलुकी ऐन २०२० को चौपायाको महल वतर्मान मुलुकी फौजदारी संहितामा राखिनु आफैंमा विडम्बना पूर्ण रहेको चुम्लुङको भनाई छ ।
‘लडेर मरेको गोरुलाई च्याब्रुङ र ढोल निर्माण गर्न छाला काड्ने र मासु खाने क्रममा गोरु काटेको भनी अभियोग लगाई सजाय दिनु राज्य को अन्यापुर्ण र निन्दनीय कार्य हो । घटनामा चार जना व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यलयमा राखिएको मा कडा आपति जनाउँदै तुरुन्तै रिहाईको माग गरेको गर्दछौं’ चुम्लुङ की महासचिव निरन्ती तुम्बापोले हस्ताक्षरित गरिएको विज्ञप्तीमा उल्लेख छ ।
बहुजातीय,बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विविधता युक्त विशेषतालाई आत्मा साथ गरी समावेशी र समतामुलक समाजको निर्माण गर्ने संकल्पमा गरेको नेपालको संविधान २०७२ कार्यान्यन भइरहेको बेला राज्यले नै जनता फसाउने, आदिवासी जनजातीलाई कार्वाही गर्ने जस्ता हर्कतहरु गरेको मा चुम्लुङले विज्ञप्ती मार्फत घोर भत्सर्ना गरेको छ ।
‘जनतालाई कार्वाही गर्ने संविधानको भावना विपरितका यस्ता साम्प्रदायिक ऐनहरु खारेजी गर्न पर्नेमा हिन्दुत्वको संरक्षणका लागि जनतालाई सजाय दिनु राज्यको साम्प्रदायिक संकिर्णता पूर्ण व्यवहार भएको ठहर गर्दै अविलम्ब टेकमाया तामाङ,वीरबहादुर तामाङ, राइ प्रसाद लिम्बू र सुवास खजुम समेत नेपालका विभिन्न स्थानहरुबाट गाई गोरु काटेको अभियोगमा जेल चलान गरिएका आदिवासी जन जातिहरुलाई विनासर्त रिहाई गर्न पुनः जोडदार माग गर्दछौं’विज्ञप्तीमा उल्लेख छ ।