२२असोज,दमक/ नगर बाल सञ्जाल दमकले अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा भर्चुुअल प्रदेश बालिका सम्मेलन असोज २४ र २५ गते गर्ने भएको छ ।
दमक नगरपालिकाको समन्वय र ईटहरी,कन्काई,कमल गाउँपालिका सहित पालिका स्तरिय बालसञ्जाल सँगको सहकार्यमा जुम कलाउड मीट मार्फत हुने कार्यक्रम संयोजक प्रेनुशा पाण्डेले बताए।
कार्यक्रम मा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिव माया तुम्बाहाम्फेलाई प्रमुख अतिथि साथै अनुराधा कोइराला, श्रृङ्खला खतिवडा,नेपाल प्रहरीकी एस.एस.पी दुर्गा सिंह,मनो विमर्श कर्ता स्वस्तिका पोख्रेल, बालिका तथा महिला अधिकारकर्मी अस्मिता सापकोटालाई वक्ताका रुपमा आमन्त्रण गरिएको समेत प्रनुशा पाण्डेले बताए।
कार्यक्रममा बालिकाको अवस्था, बालिका विरुद्धका हिंसा, लकडाउन मा बालिला,बालिका दुर्व्यवहार र त्यसबाट बच्ने उपाय साथै बालिका सम्बन्धी कानुनी व्यवस्था र राज्यका नितिका बारेमा छलफल गरि ति विषयहरुमा बालिकालाई सचेत र सक्षम बनाउने उद्देश्यका साथ यो कार्यक्रम गरिने भएको प्रनुशा बताउछिन।
सम्मेलनमा प्रदेश नं. १ का १० देखि १८ वर्षसम्मका बालिकाहरु bit.ly/mcndamak यो फारम भरेर सहभागी हुन सक्ने साथै कार्यक्रम दुवै दिन विहान ११ बजेबाट ३ घण्टाका लागि हुने कुरा समेत उनले जानकारी गराए।