२३असोज,दमक/ जनता समाजवादी पार्टी नेपाल सम्बद्व युवा संगठन (समाजवादी युवा संघ र राष्ट्रिय युवा संघ ) ले झापामा आज सरकारको विरुद्ध प्रर्दशन गरेको छ ।
संगठनको झापा जिल्ला समितिको आयोजनामा पार्टी एकताको सन्देश संगै सरकार को वेथिती,भ्रष्टाचार, कालोवजारी को बिरुद्ध खबरदारी गर्दे मोटर साई कल र्याली गरेको हो ।
र्याली दमकदेखि विर्तामोड हुदै काँकडभिट्टासम्म पुगेर सम्पन्न भएको थियो । र्यालीको उद्घाटन पार्टीका केन्द्रीय नेता नित्यानन्द ताजपुरियाले गरेका थिए ।
नाराजुलुस गरि निकालिएको र्याली काँकडभिट्टा बजार परिक्रमा गर्दै भान्सार चोकमा पुगेर कोणसभामा परिणात भएको थियो ।
कोणसभालाई पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश संसद राधा थापा, जिल्ला अध्यक्ष दिपेनबाला राई, पार्टीका बरिष्ठ नेता सन्तोष गणेश, राष्ट्रिय युवा संघका प्रदेश अध्यक्ष रोशन लिम्बू र समाजवादी युवा संघ प्रदेश महासचिव पवन विष्टले सम्वोधन गरेका थिए भने समाज वादी युवा संघका झापा जिल्ला अध्यक्ष महेन्द्र कटुवालले समापन गरेका थिए ।
र्यालीमा पार्टीका केन्द्रीय नेताहरु विश्वानाथ राजवंशी, भक्त खेवाङ, धनप्रसाद गुरुङ, निर्मला तावा, युवाका केन्द्रीय सचिवालय सदस्य रजनी श्रेष्ठ केन्द्रीय सदस्य सरोज श्रेष्ठ, प्रदेश उपाध्यक्षहरु टाईसन लिम्बू, रमेश तुया राई, तोया न्यौपाने,राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष हेमराज श्रेष्ठ लगायत कमल गुरूङ्ग, देबेन्द लिम्बू ,दिलिव लिम्बू, बुद्दि लिम्बू,किरण मगर,गजु गरूङ्ग, प्रदेश, जिल्ला,नगर,गा.पा काे नेता तथा स्वतन्त्र युवाहरूकाे उल्लेखीय उपस्थिति रहेकाे थियाे ।
सोहि कार्यक्रममा कर्मविर युवा संगठन काकडभिट्टाले पनि संगठनको तर्फबाट नारायण कडरियाले एकाबद्वता जनाएका थिए ।