२३असोज,दमक/पछिल्लो समय अर्थात लकडाउन यता गीत संगीतले निक्कै बजार तताइरहेको छ।
फोटो फिरिममा देखि लिएर तीन पाते,सुनन प्यारी,बदला आदि इत्यादि गीत संगीतले लकडाउनको समयमा घरमै एउटा बन्द कोठा भित्र बसेर समय कटाउन मुस्किल परिरहेको बेला कसैलाइ नचाउने कसैलाइ हसाउने कसैलाइ रुवाउने समग्रमा भनौ मनोरञ्जन दिएर लकडाउनको मर्म भुलाइदिएको छ।
त्यसतै यसै बिच दमकमा भुटानी शिबिरका कलाकारहरुले ३ महिना अघि मात्र रचना रिमालको स्वरमा रहेको र शिशिर भण्डारीको शब्दमा रहेको फोटो फिरिममा नामको गीत मा पनि उत्कृष्ट कभर भिडियो बनाइ आफ्नो छाप छोडिसकेका छन।
भुटानी शिबिरका कलाकारहरु मिलेर फेरि पनि फिदा भए नामक गीतको बोल मा म्युजिक भिडियो निर्माण गर्ने निर्देशक राम चपागाइले बताए।
त्यस म्युजिक भिडियो निर्माण गर्न भुटानी शरणार्थी शिबिरका कलाकारहरु लाइ विभिन्न पुनर्वास हुनु भएका भुटानी शरणार्थीहरुले सहयोग गर्नु भएको छ।
फिदा भए बोलको गीतमा शुटिङ हुन लागेको यो गीत ए. एस.लामा साथै नेपाल आइडलका प्रतिस्पर्धी रचना रिमालले स्वर दिएका छन।यो म्युजिक भिडियोलाई पनि राम चन्द्र चापागाईं निर्देश गर्दै छन र यसमा नव उदाउँदो कलाकार ए.एस लामा र सन्ध्या अंकारीले प्रमुख भुमिका खेल्ने छन भने यो भिडियो मनाङ मुस्ताङमा शुटिङ हुने पनि स्रोतले जानकारी दिएका छन।