२४असोज,दमक/ लिम्बु समुदायका लावती जातीले पहिलोपटक संग्रहीत वंशावली पुस्तक निकालेका छन् ।
झण्डै १ सय ८० बर्ष पुरानो जातीय इतिहास समेटेको पापोहाङ्ग लाओती लिम्बु जातीको बंशावली पुस्तक आज दमकमा सार्वजनिक गरिएको हो ।
किराती समुदायका लिम्बु जाती मध्येका लावती थरका जातीले ५४ पुस्तालाई समेटेर २८४ पृष्ठको वंशावली पुस्तक सार्वजनिक गरेका हुन् ।
पुस्तक लाओती सयङका अगुवा खड्ग बहादुर लावती, ज्ञानुदय लावती र जितबहादुर लावतीले संयुक्त रुपमा लोकार्पण गरे । छैटौ सताव्दीदेखि लिम्बु जातीले गरे भोगेका र बसोवासको थातथलोलाई समेटेर पछिल्लो पुस्ताले बीस बर्ष लगाएर पुस्तक तयार गरिएको पत्रकार समेत रहेका प्रकाशन समूहका महासचिव विजयबोध लावतीले बताए ।
देशभर छरिएर रहेका २५ सय बढी घर धुरीलाई समेटेर भव्य कार्यक्रमकाबीच गर्ने भनिएको कार्यक्रम कोराना भाइरस संक्रमणका कारण निश्चित पदाधिकारी र अगुवाहरुबीच सार्वजनिक गरिएको आयोजक पापोहाङ्ग लावती सयङले जनाएको छ ।
कार्यक्रममा यसअघि विक्रम सम्बत् १९८९ देखि हस्त लिखितबाट बंश संकलन नामो रायहुँदै नवापसिंह, शेरबहादुर, कृष्ण बहादुर लावतीको तस्वीरमा माल्यार्पण समेत गरिएको छ ।
यी चार जनाले विभिन्न कालखण्डमा संकलन गर्दै आएको हस्तलिखित बंशावलीलाई पाँचौ चरणमा प्रकाशन गरिएको पापोहाङ लाओती सयङ केन्द्रीय समितिका महासचिव कान्छा लावतीले बताए ।