०१कार्तिक,दमक/दमक स्थित मारवाडी सेवा समाज को हलमा डि.पि.एल राष्ट्रिय युवा टिमले आज अधिकारी(अफिसर) प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको औचित्य बारे बोल्दै डि.पि.एल राष्ट्रिय युवा अध्यक्ष बिनोद उप्रेतीले कुनै पनि संस्थामा किन संलग्न हुने बिशेष गरि डि.पि.एलमा किन संलग्न हुन र यस्ता कार्यक्रमहरुको औचित्य किन महत्त्वपूर्ण छ भन्ने बारे स्पस्ट पारेका थिए।
प्रशिक्षण कार्यक्रमका प्रशिक्षक भने जेसिज तरहराका अध्यक्ष जेसि सुनिल तिम्सिना रहेको थिए भने उक्त कार्यक्रम डि.पि.एल राष्ट्रिय युवा महासचिव हेमन्त नेपालले संचालन गरेका थिए।
कार्यक्रमको सुरुवातमा परिचयात्मक कार्यक्रम गरिएको थियो।जसमा उपस्थित प्रशिक्षार्थीहरुलाइ उनि हरुको इच्छा र उनिहरु कुन क्षेत्रमा अग्रसर छन भन्ने पनि सोधिएको थियो।
त्यस्तै प्रशिक्षण दिने क्रममा प्रशिक्षकले अधिकारीको कर्तव्य, जिम्मेवारी,र त्यस भित्रको चुनौती हरुलाइ प्रस्टाएका थिए।