२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. आइतबार, कार्तिक ०२, २०७७    १४:३४:४१

०२ कार्तिक,काठमाडौ/आफुलाई विद्वान, अनुभवि तथा दार्शनिक ठान्ने डा. बाबुराम भट्टराईले मुलुक को नेतृत्व गरेको समयमा गरेका ७ वटा गम्भिर तथा कालो कर्तुतहरु सार्वजनिक भएको छ ।

‘आजसम्म बैज्ञानीकहरुले संसारको व्याख्या मात्रै गरे, मुख्य कुरा त यसलाई बदल्नु हो’ भन्ने महान दार्शनिकको बिचारमा १० औं वर्ष मेहनत गरेर बिद्याबारिधी गरेर अन्तत उपेन्द्र यादबको पाउमा संसार बदल्ने मन्त्र छ भनेर घोप्टो पर्न जाने डा. भट्टराई त एउटै हुन तर रुप भने छेपारोले रंग फेरे जस्तै फेर्ने तथा आफुले बोलेको कुनै पनि कुरामा सत्यता नहुने नेपाली महान् नेताको रुपमा स्थापीत भएका छन् ।

पछिल्लो समय उनको नेतृत्वमा भएका कालो कर्तुतहरु सार्वजनिक हुँदै गएसँगै कारवाहीबाट बच्नको लागि अनेक फण्डाको राजनीतिमा व्यक्त भएका छन् डा. भट्टराई । आफ्नो कर्तुत बचाउन अन्य नेतृत्वलाई आरेप प्रत्यारोपमा समेत खाना समेत खान नभ्याई लागेका छन् ।

आफुलाई अख्तियारले कारवाहीको दायरमा ल्याउन सक्ने आंकलन गरेसँगै प्रधानमनत्री केपी ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भ्रष्टाचारको आरोप लगाए । तर नेकपा तथा कांग्रेस दुवैले आरोप प्रमाणित गर्न चुनौति दिएपछि पुन सो विषयको कुरामा मुसाको दुलो भित्र नै पसे जसरी हराए डा. भट्टराई ।

उनको नेतृत्वमा राष्ट्रघाती तथा ७ वटा काला कर्तुतहरु निम्नानुसार रहेका छन्,

१. बुढी गण्डकीको तारे भिरको पाखो जग्गालाई रोपनिको लाखौं लाख मुआब्जा दिनु पर्छ भनेर स्थानिय नागरिक उचालेर, आँफै धर्ना बस्ने,

२. बुढिगण्डकीमा राज्यले २९ अर्ब मुआब्जा तिर्दा पनि मुआब्जाको रकम पुगेन भनेर कुर्लने,

३. त्रिशुली ३ए आयोजनामा २ अर्बमा ठेक्का पाएर कामै नगरि भेरीएसन कुरेर बस्ने चिनिया ठेकेदारलाई थप २ अर्ब सिधै भेरीएसन दिन सबै शक्ती लगाउने,

४. बुढी गण्डकी आयोजनामा कोही इन्जिनियर नपाएर गोरखाका विद्यायलका एकजना शिक्षक कार्यकर्तालाई आयोजना प्रमुख नियुक्त गर्ने,

५. भारतसँग बिप्पा सम्झौता गरेपछी त भारतबाट खर्बौ लगानी आउँछ र देश झिलिमिली हुन्छ भनेर सम्झौता गर्ने र सुको लगानी बिना भारतीय लगानी शुरक्षित नभए नेपालले नोक्सानी भर्दिने सम्झौता गर्ने,

६. गुठीको सयौ रोपनी जग्गा ब्यक्तिका नाममा भटाभट पास गर्दिने,

७. मातातिर्थको १५४ रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी,

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com