६कात्तिक,ताप्लेजुङ/राष्ट्रिय जनमुक्ति पार्टीको आज सम्पन्न एक भेलाले फुङलिङ्ग नगर कार्यसमिती पुर्न गठन गरेको छ।
काजी येङदेनको अध्यक्षतामा राष्ट्रिय जनमुक्ति पार्टी फुङलिङ नगर कार्यसमिति पुनर्गठन गरिएको हो ।
त्यसै गरि उपाध्यक्षमा राम कुमार लिम्बू, सचिवमा ललित येङदेन, सहसचिवमा माेहन येङदेन, काेषाध्यक्षमा मन कुमारी लिम्बू, सदस्यहरुमा नरकुमार येङदेन, सिंह बहादुर तामाङ, रजुन येङदेन, सुरेन्द्र लिम्बू, उमेश तामाङ, राधिका लिम्बू, पुर्ण कुमार येङदेन, शेर बहादुर लिम्बू, पुर्ण बहादुर मादेन र निराेज खड्का रहेका छन ।
राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद उपाध्यक्ष प्रकाश येङदेनको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।