०६कात्तिक,झापा/आज कमल गाउँपालिकाको वडा न.०३मा जनता समाजबादी पार्टी नेपाल सम्बद्ध युवा संगठन १ न.प्रदेशले वडा दशै,दिपावली तथा छैठ पर्बको शुभकामना आदानप्रदान कार्यक्रम समपन्न गरेको छ।
कार्यक्रमको सभापतित्वको भुमिका प्रदेश न.०१ युवा अध्यक्ष रोशन लिम्बूले गरेका थिए भने प्रमुख अतिथि प्रदेश न.०१का सांसद माननीय राधा थापा रहनु भएको थियो र बिशेश अतिथिमा झापाका जसपा निकट केन्द्रिय सदस्यहरु रहेका थिए।त्यसैगरी अतिथिमा विभिन्न तह र तप्काका नेताहरु रहनु भएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य युवाको प्रदेश न.०१ ब.उपाध्यक्ष तोया न्यौपानेले गरेका थिए।उनले आफ्नो कुरा राख्ने क्रममा सम्पुर्ण उपस्थित नेता,कार्यकर्ता र शुभचिन्तकहरुलाई स्वागत गरेका थिए साथै वडा दशै,दिपावली तथा छैठको हार्दिक शुभकामना दिएका थिए।
त्यसतै पुर्ब राजपा प्रदेश न.०१ को अध्यक्ष फक्तालुङ योङहाङले मन्तब्य राख्ने क्रममा दुई पार्टी दुई बिचार आज एक भएको छ अब जसपा भनेको देशको बैकल्पिक शक्ति हो भनेर बुझ्न समेत उनले बताए।
कार्यक्रमका पार्टीको सबै पंक्तिको नेताहरुले आफ्नो कुरा राखेका थिए भने प्रमुख अतिथिले युवाहरुको यो कार्य निक्कै शरहानिय रहेको र आउदो दिनमा युवाहरुले अझ यस्ता प्रकारको कार्य गर्न आवस्यकता रहेको उनले बताए।
अन्तिम समयमा बोल्दै कार्यक्रमका सभाध्यक्षले आज यहाँ उपस्थित सबैलाई हार्दिक धन्यवाद साथै दशै,दिपावली तथा छैठको शुभकामना समेत प्रदान गरे।
सम्पुर्ण कार्यक्रम व्यवस्थापन गर्ने झापा जिल्ला अध्यक्ष हेम राज श्रेष्ठ ,उपाध्यक्ष कमल गुरुङ र सम्पुर्ण युवा समितिका साथीहरु साथमा कृष्ण ठाकुर,देबेन्द्र लिम्बू,मनाङ लिम्बू,राज लिम्बू,दिलिप लिम्बू,मनाङ्ग नेम्बाङ,स्वर्णिम बि.क,टंक बुढाथोकी,गजु गुरुङ र दिल कुमार श्रेष्ठलाई समेत सभाध्यक्षले ब्यक्तिगत रुपमा धन्यवाद दिएका थिए।
प्रदेश,जिल्ला नगर पालिका/गाउँ पालिका,वडाका पार्टी सम्बद्ध नेता,कार्यकर्ताहरुको उपस्थित रहेको थियो भने कार्यक्रम संचालन अबिन मेन्याङबोले गरेका थिए ।