०७कात्तिक,कमल/ याक्थुङ युवा मन्च कमल गाउँ पालिकाले आज एक कार्यक्रम गरि बिरामी पदम कुमारी बेघा बचाउ अभियानलाई सहयोग गरेका छन।
पदम कुमारी बेघा बचाउ अभियान का संयोजक साथै मन्चको दमक नगर सचिब र श्रम जिबि पत्रकार बिरामीको छोरा अविन मेन्याङ्गबो लाई मन्चले आज नगद १००००/- (दस हजार रुपैया) मन्चका अध्यक्ष वसन्त योङहाङले सहयोग हस्तान्तरण गर्न भएको थियो।
मन्चको अध्यक्षले यस महान कार्य मा सहयोग गर्ने आफ्नो समितिका उपाध्यक्ष मिक्की योङहाङ, सचिब सन्जु मेन्याङ्गबो,सदस्य आस्था योङहाङले धन्यवाद दिनु भएको थियो भने अबिन मेन्याङ्गबोले पनि सहयोगी मनहरु सबैलाइ धन्यवाद ज्ञापन गरेका थिए।
मन्चको संरक्षक रोशन योङहाङ लिम्बुले बिगत लामो समय देखि युवाहरुमा देखिएको धूम्रपान,लागु औषध प्रयोग गर्ने रोक लगाउन, जनचेतना फैलाउने तथा त्यस्तो कुराहरूको बेच बिखनमा रोक लगाउने र बिरामीहरुलाइ सहयोग गर्ने जस्ता कार्यमा अग्रसर रहेको बताएका छन।