पहिलो कुरा त यो कार्यक्रम संचालक नेपालका ख्याति प्राप्त कलाकार अर्थात भनौ महा नायक राजेश हमाल हुन।जो दशकौंदेखि फ्लिमी क्षेत्रमा छाइ रहेका छन र आम दर्शकको मनमा बस्न सफल भएका छन।
उनले बिगत केही समय यता कान्तिपुर टेलिभिजनमा जातको प्रश्न कार्यक्रम संचालन गर्दै आएका छन।यस कार्यक्रम समता फाउन्डेसनको निर्देशनमा र क्रिश्चियन एइड नेपालको सहयोगमा हरेक हप्ताको शनिबार ६:३० बजे देखि आउने गरेको छ।
यो लेख्दा सम्मको कार्यक्रमको विवरण-
भाग-०१ = अजित ढकाल मिजर को परिवार ,(अन्तर जातीय बिवाहको कारण मारियेका युवा)
भाग-०२ = सैलेश थापा , प्रहरी निरीक्षक .
भाग- ०३ = अग्नि खरेल, केपि ओलिको सल्लाहकार ।
भाग-०४ = लालबहादुर राउत, प्रदेश २ को मुख्य मन्त्री ।
भाग-०५ = शेर बहादुर देउवा
भाग-०६= डा. सिबमाया तुम्बाहाम्फे
भाग-०७ = लक्ष्मी बर्देवा र जीवन भट्टराई
भाग-०८ = डा. बाबुराम भट्टराई
भाग-०९= सुदुरपस्चिम प्रदेश को मुख्य मन्त्री, त्रिलोचन भट्टराई
भाग-१० = बिश्व भक्त दुलाल (अहुती)
भाग-११ = सरिता परियार ।
किन भयो त कार्यक्रम बिबादास्पद?
लेखकको आखाबाट हेर्दा र एउटा धर्म/आस्थाको नजरले हेर्ने हो भने यो गलत हो पनि भन्न सकिन्छ किन कि यसले, हिन्दु धर्मले अहिलेसम्म दलितहरुलाइ गरेको बिभेदको बिरुद्द एउटा बिद्रोहको आवज नै उठाइ दियो।यहाँ सम्म भनौ कि धर्म माथी सवाल नै खडा गरिदियो।यसरी नै हेर्ने हो भने चाहिँ गलत छ।
फेरि यो कार्यक्रम क्रिश्चियन एइड नेपालको सहयोगमा पनि त बनेको हो जुन धर्मले के दमाई,के कामी,के बाहुन,के क्षेत्री यी सबलाइ एकै शुत्रमा बाधेको छ अनि यो कार्यक्रम को मुख्य उद्देश्य पनि यहि हो कि नेपाल अब पुर्ण रूपमा जातीय भेदभाव रहित देश र त्यस्तो समाज हुनुपर्छ भन्ने आसय छ। त्यही भएर त यो कार्यक्रम बिबादास्पद छ।
अझ बृस्तित रुपमा यसरी पनि बुझाउन न:-
यता मनुजि मनु स्मृतीमा यसरी नि बडन गर्याछन:- ब्राह्मण,क्षेत्रीय,वैश्य र शुद्र।अब यसलाइ बृहत रुपमा बुझ्ने हो भने यसो भनेको छ:-संसारको वृद्धिका निम्ति ब्रम्हाजिले आफ्नो मुख,बाहु,जुङ्गा र पाउबाट क्रमशः ब्राह्मण,क्षेत्रीय,वैश्य र शुद्रको सृष्टि गर्नु भयो||३१||अब यसको व्याख्या यसरी गरेको छ:-मुखबाट उत्पन्न भएका ब्राह्मणलाई पढ्नु-पढाउनु, यज्ञ,गर्नु गराउनु,दान लिनु दिनु यी छ वटा कर्म निश्चय गरिएका छन||८८||
बाहुबाट उत्पन्न भएका क्षेत्रीयलाई प्रजाहरुको रक्षा गर्नु,दान दिनु,यज्ञ गर्नु,पढानु,बिषयहरुमा आसक्त नहुनु यी पाच कर्म निश्चित गरिएका छ्न||८९||
पशुहरुको रक्षा गर्नु,दान-दिनु,यज्ञ गर्नु,पढ्नु,ब्यापार गर्नु,ब्याजमा धन दिनु र खेती गर्नु यी सात कर्म जुङ्गाबाट उत्पन्न भएका वैश्यका निम्ति निश्चय गरिएका छन||९०||
पाउबाट उत्पन्न भएका शुद्रका निम्ति ब्रम्हाले उपरोक्त तीन बर्णहरुको गुणानुवाद गर्दै तिनको सेवा गर्नु यो एउटै कर्म निश्चित गरेका छन||९१||
यसरी भनेको छ मनुस्मृतीले।अहिले २१औं सताबदी सम्म आइपुग्दा पनि यो मनुस्मृती जस्तो खराब किताब पढ्ने अर्थात भनौ जातिय भेदभाव गरि रहन प्रेरणा दिने ज्ञान सम्बर्धक किताब पढ्ने कुख्यात अर्ध पागाल हरुको जमात पनि छ भन्ने बुझिन्छ। अनि त्यही जमातले आज आएर २५० बर्ष अगि देखि चलि आएको या भनौ आफुले दलितहरू माथी गरि आएको शोषण नै अन्त्य हुन्छ भनेर पनि यी तत्वहरु त्रासित छन।यता(गाउँ तिर) फेरि आफुले नै हलो जोत्नु पर्ने,खेतमा काम गर्नु पर्ने,हलि राख्न नपाउने यस्ता कुरुतीहरु पुर्ण रुपमै अन्त्य हुन्छ भनेर यिनिहरु त्रासित छन र त यिनिहरु घरी जातको प्रश्न नामक कार्यक्रमको बिरोध गर्छन घरी राजेश हमालको फोटो जलाउछन।
यस्ता कुरुती सहरमा लगभग ८०% अन्त्य भएको छ तर पुरै निर्मुल भएका छैन भने गाउँ तिर त लगभग ४०% चाहिँ निर्मुल भएको छ।
अब यता दलित समुदायको पनि कुरा गराउन त(बिशेश गाउँ तिर)।उनिहरुलाइ थाहा छ उनिहरुलाइ बाहुन,क्षेत्रीको घरमा अझै पनि प्रबेश निषेध छ।उनिहरुको खाने कुरा छुइदिनु हुदैन र यी दलित समुदाय का मानिसहरु पढ्न पनि खासै चाहदैनन।
जो पढे जानेका हुन्छन उनिहरु कोहि मुगलान भासिन्छन त कोहि सहर तिर जाकिन्छन।अनि आवाज कसले उठाउने?पत्र-पत्रीका लेखक, साहित्यकार अनि त्यही कलाकार ले?तर कहिलेसम्म सम्भब होला त?
आफ्नो लागि आफ्नो समुदायको लागी आफू चाहिँ नबोल्ने केही नगर्ने प्रवृत्तिले नै हो सायद यिनिहरु पछि परेको अझ भनौ आफुलाइ दलित भन्न चाहिँ डराउने तर सरकारी कोटामा दलितको भाग खोज्ने कहिले सम्म?
भेदभाव अन्त्य गर्न आदिवासी जनजातिहरुले आ.ज को कोटा खारेज गरौ,दलितहरुले पनि दलितको कोटा खारेज गरेर यी माथिल्लो तह आफुलाइ बुद्धिजीवी सम्झिने यी ब्राह्मणहरुलाइ चुनौती दिउ न?
यस्तो कार्यक्रमहरु सरकारको नै प्रत्येक्ष उपस्तिथिमा चाहिँ चलाउन दबाब सृजना गरि नया आयम थपाउन,हुन्न र?
नेपालको संबिधानले भनेको भेदभाव गर्न पाइन्न भनेर अनि गर्यो भने चाहिँ कारबाही गर्ने भनेर कानुन नै निर्माण गरेको छ तर कार्यनयन ढिलाइ किन?केले छेक्यो बहुमतको सरकारलाई?
आखिर त्यही दलितको शरीरसंग खेल्न मज्जा आउने तर उसले छुएको पानी,खाना,घर नचाल्ने प्रवृत्ति कहिले सम्म?
अन्त्यमा,
जातिय भेदभाव अन्त्य हुनुपर्छ तर त्यसको लागि पहल चाहिँ दलितहरूले गर्ने हो कि,अरु समुदायले भन्दा पनि?