१४ कात्तिक,पाचथर/फेदेन नगरपालिका १३ स्थित साबिक लुङग्रुपा १ मा २२ जनाले विभिन्न पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
कात्तिक १३ गते पार्टीका केन्द्रिय सदस्य प्रेमराज लावतीको उपस्थितिमा नेकपा परित्याग गरि जनता समाजबादी पार्टीमा प्रवेश गरेका हुन् । जसबाट विपिन चाम्लिङ राईको अध्यक्षतामा वडा समिति निर्माण भएको छ । जसको उपाध्यक्ष मदन माङ्मु, तेज प्रकाश राई, पबित्रा तामाङ, सचिव सुमन माङ्मु, सहसचिव सीता माङ्मु, सुरेन्द्र राई, कोषाध्यक्ष प्रमिला जबेगु माङ्मु रहेका छन् । त्यसैगरी सदस्यहरुमा अमृता माङ्मु, मौसम नेम्बाङ, दिलिप माङ्मु, रमेश राई, मन कुमार तामाङ, अनिल लिम्बू, सुजन माङ्मु, मिना माङ्मु, जीवन माङ्मु, दिपेस राई,तेजप्रकाश राई, सुर्य माङ्मु, सन्तोस राई, सामना माङ्मु, दिनेस राई, स्मृति माङ्मु, रमिला माङ्मु छन् ।
कार्यक्रममा नगर अध्यक्ष सन्तोष तुम्बापो, लिम्बुवान प्रदेश समिति सदस्य राकेश माङ्मु, फेदेन जिल्ला सदस्य मुना माङ्मुलगायत नगर कमिटीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।