२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. मंगलबार, कार्तिक १८, २०७७    १५:५१:०४

१८कात्तिक,दमक/ दमकमा भोली (बुधबार)देखि आशिंक लकडाउन हुने भएको छ ।

नगरपालिकामा नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा रहेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धिको समन्वय समितिको आज बसेको बैठकले भोलीदेखि लागू हुने गरि बेलुका ४ बजेदेखि बिहान ८ बजे सम्म पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको हो ।

नगरपालिकाकी प्रवक्ता समेत रहेकी उपप्रमुख गीता अधिकारीले पूर्ण रुपमा लकडाउन गर्नुपर्ने आवाज उठेपनि हाइवेसंग जोडिएको नगरपालिका भएको तथा अन्य विविध कुराहरुलाई मध्यनजर राखेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि आशिंक समय तर पूर्ण रुपमा कार्यान्वयन गर्न सकिने किसिमको निर्णय गरिएको बताइन । बेलुकीको समय अनावश्यक भिडभाड हुने गरेकाले त्यसलाई रोक्न सो अवधि भित्र पूर्ण रुपमा बजार पसल तथा हिंडडुलमा रोक लगाइएको प्रवक्ता अधिकारीको भनाई छ । बैठकले वडा वडामा स्वास्थ्यकर्मीहरु परिचालन गरेर कोरोना संक्रमितहरुको अवस्थाबारे बुझने र आवश्यक स्वास्थ्य उपचारको बन्दोबस्ती गर्ने, बेलडागीमा निर्माणाधिन कोभिड अस्पताल आउने आइतबार सम्ममा सञ्चालनमा ल्याउने पनि निर्णय गरेको छ ।

नगरपालिकाले त्यहा ३० बेडको कोभिड अस्पताल निर्माण गरिरहेको छ । सो अस्पतालमा अक्सिजन सहितको उपचार सेवा सूचारु गरिने उपप्रमुख अधिकारीले बताइन । यस अघि दमकमा उद्योगी व्यवसायी हरुले निषेधाज्ञासहितको बन्दाबन्दी गर्नुपर्ने सुझाव राखेका थिए । दमक उद्योग वाणिज्य संघले निजी क्षेत्रसंगको सहकार्यमा सुविधा सम्पन्न कोभिड अस्पताल सञ्चालनको समेत प्रस्ताव गरेको संघका अध्यक्ष गोकुल श्रेष्ठले जनाए ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com