२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. बुधबार, कार्तिक १९, २०७७    ८:१७:५७

१९कात्तिक,काठमाडौ/पूर्व सभामुख कृष्णबहादुर महराकी पत्नी सीताको उपचारका क्रममा निधन भएको छ।

निमोनिया पछि उपचारकै क्रममा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो।

काठमाडौंको नर्भिक अस्पताल मा उपचाररत उनको आज बिहान निधन भएको महराका छोरा एटमले जानकारी दिए।

उनलाई १५ दिनदेखि भेन्टिलेटर मा राखेर उपचार गरिएको थियो ।

आज बुधबार बिहान ६:२५ बजे उनको निधन भएको हो।

उनी माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित थिइन्।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि दाङबाट हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो।

सीता २०१८ साउन १३ मा रोल्पा गजुल धौले गाउँमा जन्मेकी थिइन्।महरासँग उनको २०३५ सालमा विवाह भएको थियो। उनका दुई छोरा र दुई छोरी छन्।

महरा भूमिगत हुँदा सीतालाई तत्कालीन राज्य पक्षबाट दु:ख दिइएको पारिवारिक स्रोत बताउँछ।

२०५४ साउन २९ गते राति रोल्पा मेवाङस्थित घरमै गिरफ्तार गर्न खोज्दा उनले सुरक्षाकर्मीको घेरा तोडेकी थिइन्।

त्यस दिनदेखि नै उनको परिवार नै पूर्णकाली कार्यकर्ताका रूपमा तत्कालीन माओवादीमा लागेका थिए।

उनलाई स्वास्थ्यमा समस्या देखिएपछि गत कात्तिक १३ गते दाङको गोर्खा अस्पताल भर्ना गरिएको थियो।

कात्तिक १४ गते उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com