२०कात्तिक,दमक/रेष्टो एण्ड बार एसोसिएसन दमक झापाले दमक नगरपालिकाको निर्णय सच्याउन माग गरेको छ । नगरले गरेको आंशिक बन्दले होटल ब्यवसायी मारमा परेका भन्दै निर्णय सच्याउन माग गरेको हो ।
रेष्टो एण्ड बार एसोसिएसन दमक झापाका अध्यक्ष उत्सव भट्टराईले नगरलाई ज्ञापन पत्र पेश गर्दै होटल सञ्चालन हुने महत्वपूर्ण समय नै बेलुका ४ बजे पछि र विहान ८ वजे अगाबै भएकाले यो समयमा ब्यावसाय बन्द गर्नुले ब्यावसायी मारमा परेको बताउनु भएको छ ।
रेष्टो एण्ड बार एसोसिएसन दमक झापाले यसअघि भएका निर्णयहरु समेत कार्यान्वयन गर्न माग समेत गरेको छ ।
रेष्टो एण्ड बार एसोसिएसनले दमकले मागपत्रमा उद्योग बाणिज्य संघलाई बोधार्थ राखेर पत्र समेत बुझाएको छ ।