२२कात्तिक,कमल/ दमकका केन्द्रीय कार्यालय रहेको केयरिङ ह्यान्डस नेपालले कमल गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ ।
कमल गाउँपालिका–५ मा शनिबार एक कार्यक्रम गरी शाखा विस्तार गरिएको संस्थाका संरक्षक प्रवीण पाठकले जानकारी दिएका छन् ।
नवगठित शाखाको अध्यक्षमा विमल विक रहेका छन् । उपाध्यक्षमा शीला गदाल, सचिवमा अनिल पाण्डे, सह-सचिवमा ओसन लिम्बू र कोषाध्यक्षमा विनिता गदाल रहेका छन। त्यसैगरी,नवगठित संस्थाको सदस्यहरुमा प्रेम पाण्डे, नम्रता विक, सन्ध्या गदाल लगायत रहेका छन् ।
कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष अधिकारीले केयरिङ ह्यान्डस समाजसेवाका साथ साथै आफ्नो व्यक्तित्व र नेतृत्व विकास गर्ने थलो रहेको बताएका थिए।
त्यस्तै, संस्थाका संरक्षक पाठकले समाजमा विभिन्न कुरीति र कुसंस्कार रहेकाले त्यसलाई चिर्नु पर्ने र कुरीति र कुसंस्कार विरुद्ध केयरिङ ह्यान्डस् फ्रन्टलाइनमा बसेर काम गर्नुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा कमल बाल सञ्जालकी अध्यक्ष प्रीतिका सुवेदी लगायतको उपस्थिति रहेको थियो ।