२४कात्तिक,धरान/जनमुक्तिका अध्यक्ष केपी पालुङवाले आज एक प्रेस विज्ञप्ती निकाली गत असोज ११ गते सरकारले गरेको उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
नेपालको नाम अघि ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ नलेख्ने निर्णय संघीयता, लोकतन्त्र र गणतन्त्र प्रतिका अनास्था मात्र नभएर हाल सम्मको उपलब्धिलाई क्षतविक्षत् पार्ने सुनियोजित खेलको प्रारम्भ समेत भएको पालुङवाको दाबी छ ।
उनले भनेका छन्, ‘यो प्रतिगमनकारी निर्णय सरकारले तुरुन्त सच्याओस्,यसबारे सार्वभौम संसदमा गम्भीर समिक्षा गरियोस् भनी हाम्रो पार्टी माग गर्दछ ।’
उनले केपी ओली नेतृत्वको सरकारले चालेको प्रतिगमन कारी कदम विरुद्ध खबरदारी गर्न प्रतिपक्षी दल एवं नेपाली नागरिकहरुलाई एकजुट हुन आव्हान समेत गरेका छन् ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले गत असोज ११ गतेको क्याबिनेटबाट नेपालको नामअघि संघीय लोकतान्त्रिक गणतन्त्र नलेख्ने निर्णय गरेको थियो ।
उक्त निर्णय केही दिनअघि मात्र सार्वजनिक भएको थियो ।